संस्थाको परिचय
अन्तर्राष्ट्रिय सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरुका आधारमा सदस्यहरुमा छरिएर रहेको श्रोत र साधनलाई एकीकृत गरी सदस्यहरुका निर्वाचित प्रतिनिधि द्वारा संचालित एवं प्रजातान्त्रिक पद्धतिबाट नियन्त्रित सहकारी संस्थाको माध्यमद्वारा प्रत्येक सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि एक सहकारी संस्थाको गठन गरी संचालन गर्न आवश्यक भएकोले, सुदुर पश्चिम प्रदेश सहकारी ऐन, २०७५ को दफा ३ उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी आदर्श वहुद्धेश्यीय सहकारी संस्था लिमिटेड नामक संस्था दर्ता गरिएको हो । यो सहकारी संस्था सुदुरपश्चिम प्रदेशको धनगढी उ.म.न.पा वर्डा नं. १८ ,आदर्शचौकमा अवस्थित रहेको छ । यस सहकारी संस्थाको कार्यक्षेत्र धनगढी उ.म.न.पा र कैलारी गा.पा. भित्र रहेको छ । यहाँका जनताहरु स्थानिय स्रोत साधनमा आधारित कृषि पेशा धान ,गहुँ खेतीमा नै निर्भर रहेका छन । यस क्षेत्रका कृषकहरुले विगतका बर्षमा अन्य प्राईभेट विउ कम्पनीसगँ सहकार्य गरि धान, गहुँको विउ उत्पादन गरि त्यसै सगँ खरिदविक्रि को कारोबार गर्दै आईरहेका आधारमा यस सहकारीले पनि स्थानिय तथा उन्नत जातका धान, गहुँको विउ उत्पादन गरि स्थानिय स्तरमा विउविजनको आपुर्ती गर्ने र सहकारीका सदस्यहरुको आय आर्जनमा बृद्धि गरि सहकारी संस्थाको विकास गर्ने उद्देश्य लिई वि.स.२०७८ साल भदौ २० गते सहकारी रजिष्टार कार्यालय सुदुरपश्चिम प्रदेशमा विधिवत दर्ता भई वि.सं.२०७८ असोज १० मा कृषि ज्ञान केन्द्र कैलालीबाट विउ विक्रि वितरणका लागि ईजाजत पत्र लिई गहु तथा धानको विउ उत्पादन कार्य शुरु गरेको छ । र यसकार्यलाई निरन्तरता दिदै जाने योजना वनाएको छ । त्यसका साथै स्थानिय माटो सुहाउदो विउ छनौट का लागि उन्नत धान तथा गहुको डेमो प्लट वनाईएको तथा विभिन्न वालिका रैथाने विउ संरक्षणका प्रयासको सुरुवात समेत गरिसकेको छ । अवका बर्षमा पनि यसै कार्यलाई अझै दिगो तरिकाले विस्तार गर्ने लक्ष्य लिएको छ ।
परिकल्पना
“ सदस्यहरुको सम्पूर्ण वित्तीय र कृषि समाधानको पहिलो रोजाईको सहकारी”
ध्येय
“सदस्यहरुलाई गुणस्तरीय वितिय सेवा प्रदान गरी सदस्य र समुदायलाई सेवा पुग्नेगरी कृषि ब्यावसाय गर्ने”
लक्ष्यहरु
१. सदस्य वृद्धि तथा संस्थागत कर्जामा सहज पहुँच वृद्धि गरी उद्यमशिलताको विकास मार्फत स्वरोजगार हुने ।
२.सदस्य तथा तिनका परिवारको शैक्षिक विकास, सामाजिक विकास तथा नेतृत्व विकास गर्ने ।
३.दिगो समुदायिक विकासका लागि सामाजिक परिचालन तथा सचेतनाका विभिन्न पक्षमा जोड दिई कार्यक्रम संचालन गरिनेछ ।
४.विउ उत्पादनका कृर्याकलापलाई प्राथमिकतामा राखि विउ व्यवसाय प्रवद्र्धन तथा बजार ब्यवस्थापन का लागि विभिन्न कार्यक्रमहरु बनाई कार्यान्वयन गरिनेछ ।
५ शेयर वृद्धि ,बचत वृद्धि तथा विविधीकरण, बाह्य अनुदान एवं ऋण वृद्धि मार्फत पूँजी वृद्धिमा जोड दिईनेछ ।
६. मानविय श्रोत तथा भौतिक पुर्वाधार विकास कार्यक्रम गर्ने
उद्देश्यहरु
(२)कृषकहरुलाई उन्नत विऊ विजन, कम्पोष्टमल तथा प्रांगारीक मलको व्यवस्थापन एवं गहुत संकलन सम्वन्धि आवश्यक कृषि प्रविधिहरुको ज्ञान एवं सिप प्रदान गरी कृषि व्यवसायमा सुधार हुने किसिमका कार्यक्रमहरु संचालन गर्ने।
(३)कृषक सदस्यहरुको क्षमता विकासका लागि पूंजीपरिचालन तथा विउविजनमा अध्ययनअनुसन्धान, उत्पादन, प्रशोधन, बजारीकरण तथा विउ बैक संचालन गर्ने ।
(४)सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनमूलक, आयमूलक र औद्योगिक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रबर्दन गरी छरिएर रहेको राष्ट्रिय पूँजीको उपयोग बढाउने ।
(५)सदस्यहरुको मागका आधारमा उपभोग्य सामग्रीको कारोवार, उपज, मल तथा कृषि औजारको कारोवार, वस्तीस्तरमा सहकारी विद्यालय, स्वास्थ्यसेवा केन्द्र संचालन, पशु तथा वालीको विमा तथा संस्थागत एजेन्सी मार्फत लघुबीमा, विप्रेषण सेवा समेत कार्यक्रम संचालन गर्ने ।
(६)संस्थामा संलग्न सदस्यहरुमा मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकास गर्ने ।
(७)सदस्यहरुको व्यक्तिगत एवं सामूिहक क्षमता अभिबृद्धि गरी स्वावलम्वी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पुर्याउने ।
Need Help ?
We are ready to Support you 24/7